प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको टिप्पणी गरेका छन्। सोमबार (आज) संसद्मा बोल्दै दाहालले यस्तो बताएका हुन्।
'म उहाँ (प्रधानमन्त्री केपी शर्मा ओली) ले भ्रष्टाचारबारे भनेको एउटा कुरा स्मरण गर्न चाहन्छु- उहाँले चित्रगुप्तालाई बयान दिन तयार छु, चित्रगुप्तालाई बयान दिने। यो अभिव्यक्ति पक्कै पनि प्रधानमन्त्रीजीले स्मरण गर्नुभएको होला। अहिले त जहाँ सरकार, त्यहाँ भ्रष्टाचार। अब चित्रगुप्तालाई प्रधानमन्त्रीजीले के बयान दिने होला ?,' दाहालले सोधे।
दाहालले प्रधानमन्त्री ओली जहाँ-जहाँ पुग्छन्, त्यहीँ त्यहीँ केही न केही बेथितिगत खबर आउने बताए। 'अहिले स्पेनबाट पनि त्यही आएको छ। म योभन्दा बढी त भन्न चाहन्छ। गतसाल अमेरिका जाँदा के भएको थियो, सम्झिनुभएकै होला। मेरो आरोप होइन तर, तपाईंले टेकेको ठाउँबाट विवाद आउने गरेकोबारे ध्यान दिनुभएकै होला। सरकारका मन्त्रीहरूमाथि एकपछि अर्को भ्रष्टाचारका आरोप लागिरहँदा पनि सरकार सरकार सुशासनकै पक्षमा छ जस्तो लाग्छ ?,' उनले सोधेका छन्।
प्रकाशित: ३० असार २०८२ १४:३९ सोमबार



-600x400.jpg)

