१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

हाम्रो सरकार आएपछि अर्थतन्त्रका १८ वटा सूचक सकारात्मक: प्रधानमन्त्री

फाइल।

प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा आर्थिक वृद्धिदरमा सुधार भएको बताएका छन्।

आफ्नो नेतृत्वमा सरकार गठन हुनुपूर्व ३ दशमलव ८७ प्रतिशत आर्थिक वृद्धिदर रहेकामा यसवर्ष ४ दशमलव ६१ पुगेको उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

साथै, उनले अर्थतन्त्रका १८ वटा सूचकहरु सकारात्मक रहेका जनाउँदै आर्थिक उन्नयनका निम्ति सरकार क्रियाशील रहेको बताए।

“हाम्रो सरकार आएसँगै एक वर्षमा अर्थतन्त्रका १८ वटा सूचक सकारात्मक भएका छन्। यसलाई अझ प्रगतिमा लैजान हामी काम गर्दैछौँ”, प्रधानमन्त्री ओलीले लेखेका छन्।

शिक्षा, स्वास्थ्य सेवा, सूचना प्रविधि, व्यापार, प्रशासनिक सेवा, निर्माण, उद्योग, विद्युत् तथा ग्यास, खानी, यातायात, बैक तथा बीमा, औद्योगिक उत्पादन, घरजग्गा, कृषि तथा वन, वैज्ञानिक सेवा र आवास क्षेत्रका सूचक सकारात्मक छन्।

प्रकाशित: २८ असार २०८२ २१:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App