१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

'राजनीतिमा लागेर अकुत सम्पत्ति थुपार्नेले नै सम्पत्ति छानबिनको माग गर्नु जस्तो बेइमानी अरु के होला ?'

नेकपा (माओवादी केन्द्र) का नेता लेखनाथ न्यौपानेले राजनीतिमा लागेर अकुत सम्पत्ति थुपार्नेहरूले नै सम्पत्ति छानबिनको माग गर्नु बेइमानी भएको टिप्पणी गरेका छन्।

'राजनीतिमा लागेर जसले अकुत सम्पत्ति थुपारेको छ, उसैले सम्पत्ति छानबिनको माग गर्नु जस्तो बेइमानी अरु के होला ?,' न्यौपानेले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्।

न्यौपानेको यो टिप्पणी पार्टीकै उपमहासचिव तथा पूर्वमन्त्री जनार्दन शर्माका प्रति लक्षित हुन सक्छ। आज काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले नेताहरूको सम्पत्ति छानबिन गर्न माग गरेका थिए।

प्रकाशित: ६ श्रावण २०८२ २०:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App