नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फेरि सिंहदरबार जल्दैन भन्ने ग्यारेन्टी लिन सक्ने पार्टी कांग्रेस मात्रै रहेको दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् ।
‘अर्को वर्षको भाद्र २३, २४ पनि आउँछ,’ सभापति थापाले भने, ‘अर्को वर्षको भाद्र २३/२४ मा फेरि सरकारले नागरिकलाई गोली चलाउँदैन, फेरि सिंहदरबार जल्दैन भन्ने ग्यारेन्टी कसैले गर्न सक्ने भने त्यो कांग्रेसले मात्रै गर्न सक्छ । यो हामीले जिम्मा लिने हो ।’
देश सम्हाल्ने काम कांग्रेसको रहेको पनि उनले दाबी गरे । उनले भने,‘देशभित्र जुन अविश्वास छ, त्यसलाई बदल्ने काम, एक अर्काप्रतिको जुन अविश्वास छ, त्यसलाई भरोसामा बदल्ने काम हाम्रो हो ।’ कांग्रेसले सबैसँग संवाद गरेर अघि बढ्ने सभापति थापाले बताए । ‘हामी तन्नेरीसँग संवाद गर्छौँ । बुढापाकासँग संवाद गर्छौँ । मधेस, पहाड सबैसँग संवाद गर्छौँ । र, सबैलाई फागुन २१ पछि सबैसँग हातेमालो गरेर देश विकासको नयाँ अध्याय सुरु गर्न चाहन्छौँ,’ उनले भने ।
प्रकाशित: २४ माघ २०८२ १७:३४ शनिबार





