राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विभिन्न मोडलमा सुकुम्वासी समस्या समाधानको काम भइरहेको बताएका छन्। पार्टीको सचिवालय बैठकपछि संचारकर्मीसँग उनले यस्तो बताएका हुन्।
खोला वा नदी किनारका नागरिकलाई जोखिमबाट बाहिर निकाल्न बस्ती हटाउने अभियान थालेको उनले बताए। यसले केही दिन केही समय असहज भएपनि पछि राम्रो हुने उनको विश्वास छ।
खतरा हुने ठाउँमा बसेका नागरिकलाई जतिसक्दो छिटो स्थानान्तरण गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ। शक्तिशाली प्राधिकरण वा आयोग बनेर त्यसले गरेको निर्णय कार्यान्वयन हुने पनि सभापति लामिछानेले स्पष्ट पारे।
स्थानीय निकायसँग समन्वय गर्न उनले अनुरोध गरे।
प्रकाशित: २० वैशाख २०८३ १८:३६ आइतबार


-600x400.jpg)


