१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

सरकारले के गर्दैछ भन्ने थाहा पाउन हरेक साँझ प्रधानमन्त्रीको फेसबुक पोस्ट कुर्नुपर्ने अवस्था : प्रवक्ता श्रेष्ठ

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले सरकारको कामबारे थाहा पाउन हरेक साँझ प्रधानमन्त्रीको फेसबुक पोस्ट कुर्नुपर्ने निशाजनक अवस्था रहेको बताएका छन्।

मंगलबार सामाजिपक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन्। उनले विपत्तिपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनु उपयुक्त हुने भए पनि त्यस्तो नभएको जिकिर गरे।

भोटेकोशी महाविपत्तिको यो समयमा सिंगो देश सरकारको साथमा रहेको सरकारलाई सबैले साथ दिनुपर्ने उनकव भनाइ छ।

'भोटेकोशी महाविपत्तिको यो समयमा सिंगो देश सरकारको साथमा छ, सरकारलाई सबैले साथ दिनुपर्छ। विपत्तिपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनु उपयुक्त हुने थियो तर त्यस्तो भएन र भइरहेको छैन,' उनले भनेका छन्, 'विपत्तिको सामना गर्न सरकारले के गर्दैछ भन्ने थाहा पाउन हरेक साँझ प्रधानमन्त्रीको फेसबुक पोस्ट कुर्नुपर्ने निराशाजनक अवस्था छ।'

प्रकाशित: १६ भाद्र २०८३ ११:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App