२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

हाम्रा कोही शत्रु छैनन्, सबैसँग मित्रता राख्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र, मानवअधिकार, शान्ति र सामाजिक न्यायका पक्षमा हामी लडेर आएकाले यसप्रति सरकारको स्पष्ट प्रतिबद्धता रहेको बताएका छ।

प्रगतिशील कानुन व्यवसायीहरूको अन्तर्राष्ट्रिय सम्मेलनलाई आज उद्‌घाटन गर्दै प्रधानमन्त्री ओलीले हामी लोकतन्त्रको स्थापनाका लागि लडेर आएको र अहिले सरकारको नेतृत्वमा रहेकाले कहिल्यै लोकतन्त्र र मानवअधिकारका मूल्य, मान्यता आयामलाई उल्लंघन नगर्ने र यसको उचित संरक्षण गर्ने स्पष्ट गरेका हुन्।

‘हामी संयुक्त राष्ट्र संघको वडापत्र, मानवअधिकारको विश्वव्यापी घोषणापत्र र अन्तर्राष्ट्रिय सम्बन्धका आयामका साथै नेपालको सन्तुलित परराष्ट्र नीतिमा आधारमा अघि बढिरहेका छौँ। हाम्रा कोही शत्रु छैनन्, हामी सबैसँग मित्रता राख्छौं। हामी यो वा त्यो पक्षमा हुँदैनौँ तर हामी शान्ति र लोकतन्त्रका पक्षमा स्पष्ट छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी जनताले दैनिक जीवनमा भोग्दै आएका समस्याहरूको समाधानार्थ लाग्नेछौँ। गरिबीको अन्त्यबिना मानवअधिकार स्थापना हुन सक्दैन। त्यसका लागि सीमान्तकृत समुदायको सामाजिक न्याय र समता अभिवृद्धिका लागि हामी कटिबद्ध रहनेछौँ।’ 

उनले सम्मेलनबाट प्राप्त हुने उचित निष्कर्षहरूलाई सरकारले ग्रहण गर्ने विश्वास दिलाए।  

प्रकाशित: २ श्रावण २०८२ २०:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App