२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

फागुन २१ को निर्वाचन हामीले खोजेर आएको होइन : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले फागुन २१ गतेको निर्वाचन आफूहरूले खोजेर आएको नभई आफूहरूलाई खोज्दै आएको निर्वाचन भएको बताएका छन्। सोमबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा सभापति थापाले यस्तो बताएका हुन्।

थापाले जेनजी आन्दोलनपछि विभिन्न खालका चलखेलहरू भइरहेको बताउँदै एक खालका मानिसहरू जनताको असन्तुष्टिबाट लाभ लिने प्रयत्नमा लागिरहेको बताए। थापाले नागरिकको एउटै आह्वान रहेको सुशासनको नेपाल, समान व्यवहार भएको नेपाल बनाउने रहेको बताए। उनले विशेष महाधिवेशनपछि कांग्रेस बदलिएर आएको स्पष्ट पारे।

उनले कांग्रेस कतैबाट आएको नभई बदलिएर आएको बताए। स्वतन्त्रता र समानताको विषय कांग्रेसले जहिलै उठाउँदै आएको उनको भनाइ छ। थापाले भने, ‘बदलिएर आएको कांग्रेस जनताको अधिकार स्थापित र सुनिश्चित गर्न सक्षम रहेको छ।’ थापाले काम गर्ने क्रममा केही कमजोरीहरू भएको स्वीकार गर्दै बदलएको कांग्रेसले कांग्रेसलाई लागेको दागहरू हटाउने दाबी गरे। उनले भने, ‘हामी ऐनामा लागेको दाग पुछ्ने नभई अनुहारकै दाग पुछ्न लागेका छौं।’  

सरकारमा टिक्न र निर्वाचन जित्न जोसुकैसँग पनि मिल्न तयार हुँदा समस्या भएको, सरकारमा पुग्नु नै सबैकुरा हो भन्ने सोचले आफ्नो मौलिकता काम गर्दा समस्या भएको धारणा राखे। चुनाव जित्नु सबैभन्दा ठूलो कुरा हो भनेर लाग्दा समस्या भएको धारणा राखे। कायरले मात्रै कमजोरी नस्वीकार्ने साहसीले कमजोरी स्वीकार्ने भन्दै आफूहरूबाट विगतमा कमजोरी भएको स्वीकार गरे।

‘हामीबाट केही न केही कमजोरी भएको छ,’ उनले भने, ‘हामी नगारिकलाई भन्न चाहन्छौं हामी पुराना कमजोरी दोहोर्याउँदैनौँ। कांग्रेसले आजको समस्या बुझ्ने र भोलिका लागि काम गर्ने दाबी गरे। नेपाली कांग्रेसले नेपाललाई अर्को कुनै पनि द्वन्द्वमा फस्न नदिने सन्देश जनतामा पुर्याउन उनले कांग्रेसका नेता कार्यकर्तालाई निर्देशन दिए।

प्रकाशित: २६ माघ २०८२ १७:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App