नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विचारको उत्पादन, वितरण र उपभोगमा सिन्डिकेट लगाउने? भनेर प्रश्न गरेका छन्।
४३औं बीपी स्मृति दिवसको अवसरमा शुभकामना दिँदै उनले लेखेका छन्, ‘विपी विचारको अनुयायी हामी! उनलाई हार्दिक श्रद्धासुमन! विश्व एआईबाट ईआईतिर !!! हामी अझै पनि ओठे र कोठेबाट अगाडि बढ्न सकेका छैनौँ।’ उनले थप लेखेका छन्, ‘विचारको उत्पादन, वितरण र उपभोगमा सिन्डिकेट लगाउने? साथीहरू, नबिर्सौँ हामी सुविचारका सहयोगी हौँ, तर फड्केको साक्षी होइनौँ !!!’
नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३औं स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रमसहित मनाइंदैछ। विसं २०३९ साउन ६ गते निधन भएका कोइरालाले प्रजातन्त्र स्थापनाका लागि कठोर संघर्ष गरेका थिए।
विसं १९७१ भदौ २४ गते जन्मिएका उनले विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए। कोइरालाले नेपाली साहित्यमा पनि अमूल्य योगदान पुर्याएका छन्।
प्रकाशित: ६ श्रावण २०८२ ११:२० मंगलबार





