१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

‘भारत र चीनसँग परम्परागत खेतीमा प्रतिस्पर्धा गर्न सकिँदैन, हाई भ्यालु क्रप्समा जोड दिऔं’

तस्बिर: बिमला रोक्का/नागरिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ समीक्षा बास्कोटाले नेपालले परम्परागत कृषि उत्पादनमा छिमेकी मुलुकहरूसँग प्रतिस्पर्धा गर्न नसक्ने भन्दै ‘हाई भ्यालु क्रप्स’ मा ध्यान केन्द्रित गर्नुपर्ने बताएकी छन्।

बिहीबार नेपाल रिपब्लिक मिडियाद्वारा आयोजित क्रियटर्स च्याम्पियन ३.० कार्यक्रममा बोल्दै नेतृ बास्कोटाले यस्तो धारणा राखेकी हुन्।

‘हामी उत्पादनको कुरा त गर्छौँ, तर हाम्रो उत्पादन के हो ? जुनसुकै बाली उत्पादन गरेर हाम्रो सिमानामा रहेका भारत र चीनसँग हामी प्रतिस्पर्धा गर्न सक्छौँ त ?’ प्रश्न गर्दै बास्कोटाले भनिन्, ‘हामीले अब हाई भ्यालु क्रप्समा ध्यान दिनुपर्छ। चिया, कफी, जडीबुटीजस्ता वस्तुमा भ्यालु एड गरेर निर्यात गर्न सक्यौँ भने मात्र अर्थतन्त्र बलियो हुन्छ।’

उनले नेपालमा उद्यमशीलताको प्रवर्द्धन सोचेअनुरुप हुन नसकेको बताइन्। ‘२०७४ सालमा उद्यमशीलताको मुद्दा उठाउँदा यसलाई राजनीतिक एजेन्डा होइन भनेर खिसिट्युरी गरिन्थ्यो, तर अहिले यो सबैको प्राथमिक विषय बनेको छ,’ उनले भनिन्।

प्रकाशित: २९ माघ २०८२ १९:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App