प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिने सम्भावनाका बारेमा सरकारले छलफल गरिरहेको बताएकी छन् ।
राष्ट्रका नाममा प्रधानमन्त्रीले सम्बोधन गर्दै रोजगारीको सिलसिलामा देशबाहिर रहेका नेपालीलाई विदेशबाट समेत मतदान गर्नसक्ने सम्भावनाको बारे निर्वाचन आयोगसँग छलफल गरिरहेको बताइन ।
उनले भनिन्, ‘रोजगारीको सिलसिलामा देशबाहिर रहनुभएका नेपाली नागरिकलाई विदेशबाटसमेत मतदान गर्नसक्ने सम्भावनाको बारेमा नेपाल सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको छ।’
प्रकाशित: ९ आश्विन २०८२ १८:२४ बिहीबार





