प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसदहरुले सीमा विवादबारे सरकारको ध्यानाकर्षण गराएका छन् । लिपुलेक मार्ग प्रयोग गर्न भारत र चीनबीच भएको सम्झौता गलत रहेको उल्लेख गर्दै यस विषयमा कूटनीतिक संवाद गर्न सरकारसँग आग्रह गरे ।
सांसद महेश बस्नेतले नेपालको भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई नेपालको सहमति बिना नै छिमेकी राष्ट्र भारत र चीनले व्यापारिक केन्द्र बनाउने सहमति आपत्तिजनक रहेको बताए ।
सांसद राजेन्द्रकुमार केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा यो सम्झौताबारे छलफल गर्न र छलफल फलदायी बनाउनुपर्ने बताए ।
प्रकाशित: १३ भाद्र २०८२ २१:४९ शुक्रबार





