१२ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
राजनीति

विकल्प नदिई सुकुम्बासी बस्तीमा डोजर चलाउनु राज्यको दमन: पौडेल

फाइल तस्बिर।

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्बासी बस्तीमा विकल्पविना जोरजबर्जस्ती डोजर चलाउनु राज्यको दमन भएको बताएका छन्।

सोमबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री पौडेलले सुकुम्बासी हटाउने नाममा राज्यले नागरिकलाई पेलेको आरोप लगाए। उनले वास्तविक र नक्कली सुकुम्बासी नछुट्याई बल प्रयोग गरिनु गलत भएको बताए।

‘पहिले भएको गृहकार्यका आधारमा को वास्तविक र को नक्कली सुकुम्बासी हो भनेर छुट्याउन सकिने आधारहरू थिए,’ उनले भने, ‘तर, बस्तीभित्र रहेका सक्कली सुकुम्बासीलाई पनि जोरजबर्जस्ती डोजर लगाएर निकाल्ने र दुःख दिने काम भयो।’

सुकुम्बासी बस्ती हटाउनै हुन्न भन्ने पक्षमा आफूहरू नरहेको उनले सुनाए। तर, कारबाही अघि बढाउनुपूर्व नागरिकलाई पीडा नहुने गरी उचित समय र विकल्प दिनुपर्ने उनको भनाइ छ।

‘बस्ती जसरी बसेको छ त्यसरी नै राख्नुपर्छ, हटाउनु हुँदैन हामीले भनेको होइन। तर, समय लिएर वास्तविक सुकुम्बासीको वैकल्पिक व्यवस्था गरिदिनुपर्थ्यो,’ महामन्त्री पौडेलले भने, ‘अहिले हतार गरेर पीडा दिइयो, राज्यले दमन गरेजस्तो देखियो।’

प्रकाशित: १४ वैशाख २०८३ १६:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App