‘जेन-जी’ आन्दोलनको आडमा अज्ञात समुहले कार्यालयमा आगजनी गर्नुका साथै कर्मचारीमाथि कुटपिट भएको छ । बाँकेको डुडुवा गाउँपालिकाले जेन-जी आन्दोलनका नाममा भएको आगजनी, कर्मचारीमाथिको कुटपिट तथा दुर्व्यवहार भएको भन्दै आपत्ति जनाएको छ ।
भदौं २५ गते राति करिव साढे ८ बजेतिर ८/१० जनाको समूहले कार्यालयमा तोडफोड गरी कागजात जलाएको र भदौं २६ गते अर्को उच्छृंगल समुहले जेन-जीको आडमा गाउँपालिका भित्र प्रवेश गरी प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेयलाई कुटपिट गर्नुका साथै अरु कर्मचारीमाथि दुर्व्यवहार गरेको जनाएको छ ।
यो कार्यमा लुम्बिनी प्रदेशका पूर्वमन्त्रीद्वय भण्डारी लाल यादव (वर्तमान सांसद) र विजयबहादुर यादव(पूर्व सांसद)को नेतृत्वमा ३०-३२ जनाको समुहले कार्यालयमा प्रवेश गरी बदमासी गरेको जारी विज्ञप्तिमा उल्लेख छ।
‘यो समुहले जबरजस्ती कार्यालयको भान्सा कोठामा बाहिरबाट खाली दिराका बोतल ल्याएर सामाजिक सञ्जालबाट पालिकाको बदनाम गराउन खोजेको पाइयो । यो आन्दोलनको नाममा घुसपैठ गरी पालिकालाई बदनाम गर्ने अतिरञ्जित कार्य भएको हाम्रो ठहर छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित: ३ आश्विन २०८२ २१:०८ शुक्रबार





