१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

नवनियुक्त प्रधानमन्त्री कार्कीलाई संयुक्त राष्ट्रसंघको बधाई

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई संयुक्त राष्ट्रसंघले बधाई दिएको छ।

अन्तरिम प्रधानमन्त्री कार्कीलाई नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर हाम्डीले जारी गरेको विज्ञप्तिमा शान्ति, न्याय, पारदर्शिता, जवाफदेही र प्रगतिको आकांक्षामा नेपाली जनतासँग ऐक्यबद्धता जनाइएको छ।

प्रधानमन्त्री कार्कीलाई शुभकामना दिँदै संयुक्त राष्ट्रसंघले नेपाल सरकारसँग मिलेर स्थिरता, मानव अधिकार र दिगो विकासमा सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

यो नियुक्ति भ्रष्टाचार, नातावाद र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवा आन्दोलनका बीच भएको छ। आन्दोलनमा हिंसा, तोडफोड र आगजनीका घटनाहरू भए, जसमा सुरक्षा बलको कारबाहीले धेरैको ज्यान गएको छ। 

प्रदर्शनकारीहरूले संसद, सर्वोच्च अदालत, सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय, मिडिया, विद्यालय र व्यवसायलाई निशाना बनाए। जेल तोडफोडका घटनाहरू पनि भएका छन्, र केही प्रदर्शनमा बाहिरी समूहको घुसपैठ भएको आशंका छ।

प्रकाशित: २८ भाद्र २०८२ ०७:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App