३१ असार २०८३ बुधबार
image/svg+xml
राजनीति

एमाले पुनर्गठन हुन्छ तर फुट्ने छैन : उपमहासचिव भट्टराई

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एमाले पुनर्गठन हुने तर नफुट्ने बताएका छन्।

सबै मिलेर थप एकताबद्ध हुने भनाइ राख्दै भट्टराईले यस्तो बताएका हुन्। उनले एमालेमा सबैको सम्मान हुने र मति सुध्रिएर गति बढ्ने जिकिर गरे।

'ढुक्क रहनुहोस, लोभ छैन, पाप छैन, पुनर्गठन हुनेछ, फुट्ने छैन, टुट्ने छैन, सबै मिल्ने छन्, थप एकताबद्ध हुने छन्, सबैको सम्मान हुनेछ, मति सुध्रने छ, गति बढ्ने छ,' उनले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रकाशित: १ असार २०८३ ११:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App