१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

अध्यक्ष ओलीको पत्र लिएर मतदाताको घर-घरमा एमाले

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक मतदातालाई सम्बोधन गरेको पत्र लिएर कार्यकर्ता घरघरमा पुगिरहेका छन्।

झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गतका २९ वटै वडामा एमालेले मतदातालाई सम्बोधन गरेको पत्र लिएर घरघरमा पुगिरहेका हुन्। एमाले प्रतिनिधिसभा निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले यो क्षेत्रभरिका प्रत्येक टोलका घरघरमा पार्टी अध्यक्षको पत्र लिएर जनतासँग पुगिरहेको बताए। 'निर्वाचनलक्षित घरदैलो अभियानमा जाँदा मतदातालाई सम्बोधन गरेको पार्टी अध्यक्षको पत्र, पार्टीको प्रतिबद्धता पत्र र विभिन्न जनवर्गीय संगठनका छुट्टाछुट्टै प्रतिबद्धता पत्रसहित टोल-टोलमा पुग्ने गरिएको छ,' उनले भने।

अध्यक्षको पत्रमा फागुन २१ गते नेपाली जनताको भाग्य र भविष्य निर्माण गर्ने दिनको रूपमा मानेर निर्वाचनमा सहभागी हुन आह्वान गरिएको छ।

यस अतर्गत दमक नगरपालिकाको वडा नम्बर ६ र ७ मा दोश्रो चरणको घरदैलो कार्यक्रम समेत हिजोबाट सम्पन्न गरिएको छ। बाँकी अन्य वडामा समेत अन्तिम चरणमा पुगेको जनाइएको छ। दमक नपाका बाँकी ८ वटौ वडाका विभिन्न टोल-टोलमा घरदैलो अभियानका रूपमा चलिरहेको जनाइएको छ। सबै टोलमा घरदैलो गर्दा स्थानीय भूगोलमा रहेका केन्द्रीय कमिटी, प्रदेश, जिल्ला, क्षेत्रीय, पालिका, वडा र टोल कमिटीका सबै पदाधिकारी, सदस्य, सल्हाकार, तथा शुभचिन्तकहरू समेत सहभागी भएर घरदैलो अभियान गरिँदै आएको छ।

यसरी नै सोही निर्वाचन क्षेत्र अन्तर्गत कमल गाउँपालिकाको वडा नम्बर ५ को सिम्ले क्षेत्रमा रहेको नेकपा एमालेका कमल गाउँकमिटी अध्यक्ष हरि ढकालले जानकारी दिए। त्यसै गरी वडा नम्बर १ को व्यक्तिगत भेटघाट चलिरहेको छ। वडा नम्बर २ को देवी चौन र ज्योतिनगर क्षेत्रमा भेटघाट सम्पन्न भएको छ। फाल्गुनन्द,  शान्ति र संगम टोलमा समूहगत घरदैलो कार्यक्रम गरिएको छ। वडा नम्बर ६ को मैनाखता र मंगलवारेमा सम्पन्न भएको छ। यसरी नै वडा नम्बर ७ को बाह्रघरे र झर्का एरियामा घरदैलो कार्यक्रम सम्पन्न भएको जनाइएको छ।

त्यसरी नै गौरादह नगरपालिका अन्तर्गत सबै वडामा आज दिनैभरि विभिन्न टोलमा घरदैलो सम्पन्न भएको गौरादह नगर कमिटीको निर्वाचन परिचालन समितिका संयोजक गजेन्द्र घिमिरेले जानकारी दिए। पार्टीको क्षेत्रीय योजना अनुसार नै सबै वडाका सबै टोलमा भूगोल अनुसार घर-घर पुगेर दैलो कार्यक्रम अघि बढिरहेको छ।

त्यसरी नै गौरीगञ्जका पनि सबै वडामा घरदैलो कार्यक्रम समूहगत रूपमा नै चलिरहेको जनाएइको छ। सबै वडामा निर्वाचनलक्षित घरदैलो अभियान अन्तिम चरण पुगेको छ। अब पार्टीले अर्को चरणमा ल्याउने योजना अनुसार पार्टी संगठन परिचालन गरिने योजना रहेको जनाइएको छ।

प्रकाशित: ८ फाल्गुन २०८२ १८:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App