१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

एमालेले शनिबार प्रतिनिधिसभा उम्मेदवार टुंग्याउने

नेकपा (एमाले)ले शनिबार (भोलि) फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारको नामावलीलाई टुंगो लगाउने भएको छ । यसका लागि एमालेको केन्द्रीय सचिवालय बैठक शनिबार दिउँसो एक बजेका लागि बोलाइएको छ। केन्द्रीय कमिटी बैठकले उम्मेदवारको नाम टुंग्याउन सचिवालयलाई जिम्मा दिएको थियो ।  

निर्वाचन कार्यतालिका अनुसार सबै १६५ वटा निर्वाचन क्षेत्रमा माघ ६ गते मंगलबार उम्मेदवार मनोनयनको कार्यतालिका छ ।  

एमालेका तल्लो कमिटीहरु निर्वाचन क्षेत्रीय समन्वय, जिल्ला र प्रदेश कमिटीहरुले यसअघि केन्द्रमा उम्मेदवार नाम सिफारिस गरिसकेका छन् ।  

तल्लो तहले अध्यक्ष केपी शर्मा ओलीसहित ३० बढी नेताको नाम सर्वसम्मत सिफारिस भएको छ । 

प्रकाशित: २ माघ २०८२ १५:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App