नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी पुनर्गठन गरेर अघि बढाउने गरी प्रतिनिधि चयनमा जिम्मेवार पूर्ण भूमिका खेल्न पार्टीपङ्क्तिमा आह्वान गरेका छन्।
उनले मंसिर २७ गतेबाट सुरु हुने महाधिवेशनका लागि एमालेले आज देशभर प्रतिनिधि चयन गर्दै गरेको जानकारी दिँदै यस्तो आह्वान गरेका हुन्।
विष्टले यतिबेला देशमा देखा परेको विषम परिस्थितिलाई सम्बोधन गर्न र पार्टीलाई थप गति, ऊर्जा, एकताका साथ जनताको विश्वास आर्जन गर्ने गरी बलियो बनाउनु पर्ने बताए।
'आदरणीय कमरेडहरू, तपाईंहरू आज हाम्रो पार्टीको ११औं महाधिवेशनका लागि प्रतिनिधि चयन गर्दै हुनुहुन्छ। हामीले यतिबेला देशमा देखा परेको विषम परिस्थितिलाई सम्बोधन गर्ने र पार्टीलाई थप गति, ऊर्जा, एकताका साथ जनताको विश्वास आर्जन गर्नेगरि बलियो बनाउनु पर्नेछ। यसका लागि समयको माग अनि आम जनता र कार्यकर्ताको चाहना अनुसार पार्टीलाई पुनर्गठन गरेर अघि बढाउने गरी प्रतिनिधि चयनमा जिम्मेवारपूर्ण भूमिका खेल्नुहुनेछ भन्ने विश्वास राखेको छु,' उनले भनेका छन्।
प्रकाशित: १३ मंसिर २०८२ १२:०९ शनिबार





