२१ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

एमाले सचिवालयको निर्णय: साइबर आक्रमणको निन्दा, विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोध

नेकपा एमालेले पार्टीको नेता–कार्यकर्ता तथा विशेषगरी महिला दिदीबहिनीविरुद्ध भइरहेको साइबर आक्रमणको घोर निन्दा र भत्र्सना गरेको छ।

शुक्रबार बसेको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकको निर्णय सुनाउँदै सचिव लेखराज भट्टले नियोजित साइबर आक्रमणको विरुद्ध कडा रुपमा प्रतिवादमा उत्रिने र कानुनी उपचारमा सक्रिय हुन पार्टी पंक्तिलाई आव्हान गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले भने,‘ नेता–कार्यकर्ता तथा विशेषगरी महिला दिदीबहिनीविरुद्ध भइरहेको साइबर आक्रमणको घोर निन्दा र भत्र्सना गरेको छ। साथै नियोजित आक्रमणको विरुद्ध कडा रुपमा प्रतिवादमा उत्रिने र कानुनी उपचारमा सक्रिय हुन पार्टी पंक्तिलाई आव्हान गर्ने निर्णय गरेको छ ।’

त्यस्तै एमालेले वर्तमान सरकारको विद्यार्थी संगठनहरु खारेज गर्ने र उनीहरुमाथि प्रविन्ध लगाउने निर्णयको कडा शब्दमा विरोध गरेको छ । सरकारलाई अभिलम्ब यस निर्णयबाट पछाडी हट्न ध्यानाकर्षण समेत गराएको छ ।

‘वर्तमान सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने तथा उनीहरूमाथि प्रतिबन्ध लगाउने निर्णयको एमालेले कडा शब्दमा विरोध गरेको छ। पार्टीले उक्त निर्णयबाट तत्काल पछि हट्न सरकारको ध्यानाकर्षण गराएको छ,’उनले भने ।

प्रकाशित: २० चैत्र २०८२ २०:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App