१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

एमालेको सचिवालय बैठक जारी (तस्बिरहरू)

तस्बिरहरू : विजय राई/नागरिक

नेकपा (एमाले)को सचिवालय बैठक जारी रहेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक आह्वान गरेका थिए। बैठकमा मंसिर ६ गते एमालेले गर्ने जनप्रदर्शन, पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन र फागुनमा हुने आमनिर्वाचनका लागि एमालेको सहभागिताबारे छलफल हुने छ।

यसैगरी बैठकमा महाधिवेशन आयोजनाका लागि उपसमिति  निर्माण, आमनिर्वाचन, मधेशको राजनीतिक घटनाक्रम, मंगलबार बारामा भएको घटनाको समेतमा छलफल हुने बताइएको छ। एमालेले आगामी मंसिर २७, २८ र २९ गते हुने महाधिवेशनका लागि १३ गते देशैभर एकैदिन प्रतिनिधि छनोट गर्दैछ।

प्रकाशित: ४ मंसिर २०८२ १३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App