२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

अछाममा एमालेका यज्ञबहादुर विजयी, बालेन्द्रका सारथी भुपदेवले कति मत पाए?

सुदूरपश्चिम प्रदेशअन्तर्गत अछाम निर्वाचन क्षेत्र नं. २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार यज्ञबहादुर बोगटी निर्वाचित भएका छन्। ५० वर्षीय बोगटीले ९ हजार ५१८ मत प्राप्त गरी जित हासिल गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ६४ वर्षीय पुष्प बहादुर शाहले ९ हजार ४६ मत प्राप्त गरेका छन। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका ६४ वर्षीय बल बहादुर कुँवरले ६ हजार ४९३ मत ल्याएका छन्।

यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका ३० वर्षीय भुपदेव शाह भने पराजित भएका छन्। रास्वपाका वरिष्ठ नेता बालेन शाहका सारथी मानिने उनले ४ हजार ५६२ मत मात्र प्राप्त गरेका छन्। 

प्रकाशित: २४ फाल्गुन २०८२ २२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App