नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ।
भोलिदेखि संसदको अधिवेशन सुरु हुने भएकाले आजको बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने सम्भावना छ।
पार्टीका पूर्व उपाध्यक्ष एवं सांसद गुरु बरालका अनुसार दिउँसो ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक आयोजना गरिएको छ। फागुन २१ गते भएको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिक तर्फ १६ सिटसहित २५ जना सांसद रहेका छन्।
बरालका अनुसार बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले सांसदहरूलाई पार्टीको नीति र संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउने छन्।
प्रकाशित: १८ चैत्र २०८२ ०७:४९ बुधबार





