१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

एमाले नेता ऐन महर प्रहरी नियन्त्रणमा

नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीविरुद्ध साइबर अपराध सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि आफैं प्रहरीमा उपस्थित भएको साइबर व्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिए।

महर अनेरास्ववियुको विद्यार्थी राजनीति हुँदै केन्द्रीय सदस्य बनेका हुन्। स्थायी घर बझाङ भएका महर गएको निर्वाचनमा संघीय सांसदका उमेदवारसमेत बनेका थिए।

तर, उनी नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता भानुभक्त जोशीसित पराजित भएका थिए।

प्रकाशित: ११ भाद्र २०८२ १६:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App