२ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

एमालेले अनेक हन्डर खाइरहेको छ, यस्तो बेला ओलीकै वरिपरि गोलबन्द हुनुपर्छ: पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ११ औँ महाधिवेशनका लागि आफूलाई अध्यक्ष केपी शर्मा ओलीकै पक्षमा उभ्याएका छन्। बुधवार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पौडेलले पार्टीले अनेक हन्डर–ठक्कर खाइरहेका बेला अध्यक्ष ओलीकै नेतृत्वमा एकताबद्ध हुनु नपर्ने कुनै कारण नभएको बताएका हुन्। 

‘अहिले चाहिँ अनेक प्रकारको हन्डर, ठक्कर आरोह अवरोहको सामना गर्दै पार्टीलाई, आन्दोलनलाई, मुलुकलाई नेतृत्व गर्दै आउनु भएका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको वरिपरि गोलबन्द भएर पार्टीलाई एकताबद्ध गरेर लिएर जाऊँ भनेर भन्दा खेरी नमान्नुपर्ने पनि म कुनै त्यस्तो देख्दिनँ,’ पौडेलले भने, ‘यो सम्भव छैन भन्ने पनि मलाई लाग्दैन।’ प्रतिस्पर्धा गर्ने नै हो भने वैधानिक व्यवस्था रहेको पनि उनले बताए।

उपाध्यक्ष पौडेलले यसो भनिरहँदा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओलीविरुद्ध अध्यक्षमै उम्मेदवारी घोषणा गरिसकेका छन्। तर, पौडेलले अन्तिम समयमा सर्वसम्मत हुने अवस्था रहेको पनि बताए।  उनले पाँचौँ राष्ट्रिय महाधिवेशनमा मदन भण्डारीविरुद्ध दिइएको उम्मेदवारी अन्तिम समयमा फिर्ता भएको स्मरण गर्दै अहिलेको अधिवेशनमा त्यस्तै हुनसक्ने दाबी गरे। 

प्रकाशित: १७ मंसिर २०८२ १५:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App