२ मंसिर २०८३ बुधबार
image/svg+xml
राजनीति

चुनावी रणनीतिमा एमाले: आजदेखि राष्ट्रिय भेला हुँदै

फाइल तस्वीर

नेकपा एमालेको दुई दिने राष्ट्रिय भेला बुधबारबाट काठमाडौं सुरु हुने भएको छ। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको माइतीघरमा रहेको कार्की ब्यांक्वेटमा भेलाको उद्घाटन गर्ने छन्।

भेलामा देशभरिका ३४ सयभन्दा बढी नेता तथा कार्यकर्ता र जनप्रतिनिधि सहभागी हुनेछन्। २०८३ भदौमा भएको जेनजी विद्रोहपछि सत्ता र शक्ति बाहिर पुगेको एमालेले भेलामार्फत पार्टीलाई एकताबद्ध बनाउँदै स्थानीय र प्रदेशको निर्वाचन तयारी थाल्ने भएको छ।

भेलाको तयारीबारे जानकारी दिँदै एमाले महासचिव शंकर पोखरेलले नयाँ निर्णय लिनेभन्दा पनि पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने विषयमा भेला केन्द्रित हुने जानकारी दिए। एमाले स्थायी कमिटीको मंगलबार बसेको बैठकले पनि राष्ट्रिय कार्यकर्ता भेलालाई चुनावी रणनीति र पार्टी परिचालनमा केन्द्रित गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

भेलालाई एमाले अध्यक्ष ओली र वरिष्ठ नेता विद्या भण्डारीले सम्बोधन गर्नेछन्। पार्टीका नेताहरूले पछिल्लो राजनीतिक अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्। त्यसमाथि सहभागीहरूको सुझावसहित भेला सकिनेछ।

प्रकाशित: २ मंसिर २०८३ ०६:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App