४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशन : ओली पक्षबाट उपाध्यक्षमा ५, उपमहासचिवमा ३ र सचिवमा ८ जना उम्मेदवार

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले जारी ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन हुँदैछ। पार्टी अध्यक्ष केपी शर्मा ओली समूहबाट उपाध्यक्ष, उपमहासचिव र सचिवको उम्मेदवार टुंगो लागेको छ।

उपाध्यक्षका उम्मेदवारमा विष्णु पौडेल, रामबहादुर थापा (बादल), प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र गुरु बरालको नाम फाइनल भएको छ। 

यसैगरी, उपमहासचिवमा विष्णु रिमाल, रघुबीर महासेठ र भानुभक्त ढकालको नाम टुंगो लागेको छ।

सचिवमा ओली पक्षबाट लेखराज भट्ट, छविलाल विश्वकर्मा, पद्माकुमारी अर्याल, खगराज अधिकारी, यामलाल कडेल, डा. राजन भट्टराई, हिक्मतकुमार कार्की, शेरधन राई र महेश वस्नेत रहेका छन्।

महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधि सहभागी छन्। नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ।

यो पनि पढ्नुहोस्

एमाले महाधिवेशन : पोखरेल समूहबाट महासचिवमा सुरेन्द्र, उपमहासचिवमा योगेश फाइनल

 

प्रकाशित: २९ मंसिर २०८२ १२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App