२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

एमाले पनि निर्वाचन आयोगमा दर्ता

संसद् पुन: स्थापनाको माग गरिरहेको नेकपा एमाले पनि निर्वाचन आयोगमा दर्ता भएको छ। निर्वाचन आयोगका अनुसार यो सँगै फागुन २१ को निर्वाचनका लागि दर्ता हुने दलको संख्या ६५ पुगेको छ।

आयोगले यही मङ्सिर १० गतेसम्म प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ। आयोगमा कूल १३५ राजनीतिक दल दर्ता भएका छन्। 

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आगामी निर्वाचनमा एमाले सहभागी हुने बताएका थिए। सोमबार ओली निवास गुण्डुमा नेपाल रिपब्लिक मिडियासँग खुलेर कुरा गरेका ओलीले एमाले राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने बताएका हुन्। 

यो पनि पढ्नुहोस्

फागुन २१ को निर्वाचनमा एमाले सहभागी हुन्छ: केपी ओली

प्रकाशित: ९ मंसिर २०८२ १२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App