११ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

एमाले ताप्लेजुङमा १२ प्रतिनिधिका लागि ३९ जनाको उम्मेदवारी

नेकपा एमालेको ११ औं महाधिबेशनका लागि १२ जना प्रतिनिधि चयन हुनुपर्ने ताप्लेजुङमा ३९ जनाको उम्मेदवारी परेको छ ।  

शनिबार अपरान्हसम्म मनोनयन दर्ताको समय थियो । ११ औं महाधिबेशन प्रतिनिधि छनौट जिल्ला स्तरीय निर्वाचन समितिका संयोजक राजकुमार चुडाँलका अनुसार खुल्लातर्फ ६ जना प्रतिनिधि छनौट हुनुपर्ने ठाउँमा २२ जनाको उम्मेदवारी परेको छ ।

४ जना महिला प्रतिनिधिका लागि ८ जनाको उम्मेदवारी परेको छ भने १ दलित प्रतिनिधिका लागि ३ जनाको उम्मेदवारी परेको छ । १ युवा (४० बर्ष मुनि उमेर समूह)का लागि ६ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।  

६ खुल्ला प्रतिनिधिका लागि दीपेन्द्र पोमू, घनेन्द्र मादेन, आसलाल लिम्बू, अनन्तबहादुर साँवा, मंगलसिंह केदेम, प्रकाश राई(कैलास), छत्रपति प्याकुरेल, कृष्णप्रसाद थापा, कमल फेम्सोहाङ लिम्बू, मणिशंकर पोमू, भद्रकुमार बोखिम, बलबहादुर साम्सोहाङ र मातृकाप्रसाद भट्टराईको उम्मेदवारी परेको छ ।  

खुल्लातर्फनै ज्ञानेन्द्र लावती, सन्तोष प्रसाँई, राधाकृष्ण पौडेल, भूमिप्रसाद तामाङ, प्रदीपकुमार लिम्बू मावो, सन्तोष चाम्लिङ, हिमालय चाम्लिङ, गोपाल थोप्रा र दिवस लिवाङको उम्मेदवारी परेको छ ।  

४ महिला प्रतिनिधिका लागि टीका सुबेदी भट्टराई, प्रमिला खनाल घिमिरे, शान्ताकुमारी आङवुहाङ, शर्मिला लिम्बू, कोपिला नेपाली, रनमाया गुरुङ, चन्द्रा भट्टराई र मिनाकुमारी केदेमको उम्मेदवारी परेको छ ।  

निर्वाचन समिति सदस्य भीष्मराज बरालका अनुसार दलिततर्फको एक प्रतिनिधिका लागि राजु नेपाली, बुद्धिमान परियार र नरबहादुर सुनामको उम्मेदवारी परेको छ ।  

एक युवा प्रतिनिधिका लागि लेखनाथ भट्टराई, गोपाल न्यौपाने, सरोज एभेङ, तेजवीर सुब्बा मेन्याङ्वो, मनोज चोङवाङ लिम्बू र अशोक थेबेको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।  

उम्मेदवारी दर्ता पछि सहमतिका लागि अधिकतम् प्रयास गरिने नेताहरुले बताएका छन् । 

प्रकाशित: ६ मंसिर २०८२ १८:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App