६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

उदयपुरको मतदाता २ लाख ३८ हजार, १ सय ३ मतदानस्थल

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उदयपुरबाट झण्डै अढाईलाख मतदाता पुग्ने भएका छन् । जिल्ला निर्वाचन कर्याालय उदयपुरका अनुसार फागुन २० गते राति १२ बजेसम्म १८ वर्ष पूरा भएर मताधिकार प्राप्त गर्नेको सङ्ख्या दुईलाख ३८ हजार ९ सय २६ पुगेको हो ।  

जिल्ला निर्वाचन अधिकारी दिपक दाहालका अनुसार ०७९ मङ्सिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसमा चुनावमा मतदाता सङ्ख्या दुईलाख २८ हजार ९ सय ४६ थियो । यसवर्षको मध्यावधि चुनावमा झण्डै १० हजार मत थपिएर यो सङ्ख्या पुगेको हो । थपिएका नयाँ मतदाताहरु धेरैजसो नयाँ (जेनजेड) पुस्ता रहेको कार्यालयले जनाएको छ ।  

जिल्ला निर्वाचन अधिकारी दीपक दाहालले फागुन २१ गते हुने चुनावको अघिल्लो दिनसम्म पुरुष मतदाता सङ्ख्या १ लाख २१ हजार ८ सय ६६ जना र महिला मतदाता १ लाख १७ हजार ५८ जना हुने बताए । उनका अनुसार अन्य (तेस्रो लिङ्गी) मतदाता २ जना रहेका छन् ।  

दाहालका अनुसार ४ नगर र ४ गाउँपालिका रहेको उदयपुरमा २ वटा सङ्घीय तथा ४ प्रदेशसभा निर्वाचनक्षेत्र रहेका छन् । १ नं. निर्वाचनक्षेत्रमा १ लाख ४२ हजार ८ सय ४४ मतदाता रहेका छन् । जसमा पुरुष ७१ हजार ४ सय ९२, महिला ७१ हजार ४ सय ५० र तेस्रो लिङ्गी २ जना छन् ।  

त्यसैगरि २ न. निर्वाचनक्षेत्रमा फागुन २१ गतेको निर्वाचनका लागि ९६ हजार १ सय २२ मतदाता रहेको दाहालले बताए । जसमा पुरुष मतदाता ५० हजार ४ सय १४ तथा महिला ५४ हजार ७ सय ८ रहेको उनको भनाई छ ।  

निर्वाचन कार्यालयका सूचना अधिकारी डिगम कार्कीका अनुसार ८ स्थानीयतह रहेको उदयपुरका १ नं. निर्वाचनक्षेत्रमा सदरमुकाम त्रियुगासहित ३ नगरपालिकाको भूगोल समेटिएको छ । ६८ हजार २ सय ५५ मतदाता रहेको त्रियुगामा पुरुष ३३ हजार ८ सय ४६ तथा महिला ३४ हजार ४ सय ७ र तेस्रो लिङ्गी २ जना छन् । अर्को नगरपालिका चौदण्डीगढीमा ४० हजार ३ सय ४९ मतदाता रहेकोमा महिला सङ्ख्या २० हजार २ सय ८३ तथा पुरुष मतदाता २० हजार ६६ कार्कीले बताए । १ नं. मै पर्ने अर्को नगरपालिका बेलकामा ३४ रहेका ३४ हजार २ सय मतदातामध्ये महिला १६ हजार ६ सय ६० तथा पुरुष १७ हजार ५ सय ४० रहेका छन् ।  

उता २ नं. निर्वाचनक्षेत्रमा कटारी नगरपालिका र ४ गाउँपालिका गरि ५ वटा स्थानीयतह समेटिएका छन् । कटारी नगरपालिकामा कुल ४१ हजार ४ सय ६ जना मतदाता रहेका छन् । जसमा पुरुष २१ हजार ४ सय ९७ र महिला १९ हजार ९ सय ९ जना रहेका छन् । १० हजार १ सय ५५ मतदाता रहेको ताप्ली गाउँपालिकामा ५ हजार २ सय ८८ पुरुष तथा ४ हजार ८ सय ६७ महिला मतदाता रहेका छन् ।  

त्यसैगरि २० हजार ७ सय ७९ मतदाता रहेको उदयपुरगढी गाउँपालिकामा पुरुष ११ हजार ९९ तथा महिला ९ हजार ७ सय ८० जना रहेको सूचना अधिकारी कार्कीले बताए । अर्को गाउँपालिका रौतामाईमा ७ हजार ९ सय ६५ पुरुष तथा ७ हजार २८ महिला गरि कुल १४ हजार ९ सय ९३ मतदाता रहेका छन् । ८ हजार ६ सइ ८९ मतदाता रहेको लिमचुङबुङ गाउँपालिकामा पुरुष मतदाता सङ्ख्या ४ हजार ५ सय ६५ र महिला ४ हजार १ सय २४ जना रहेका छन् ।  

निर्वाचन कार्यालयले फागुन २१ को चुनावमा जिल्लाभरी १ सय ३ मतदानस्थल र २ सय ७५ मतदान केन्द्र कायम गर्ने भएको छ । १ नंं निर्वाचन क्षेत्रमा ५२ मतदानस्थल तथा १ सय ६० मतदान केन्द्र र २ नंं मा ५१ मतदानस्थल तथा १ सय १५ मतदान केन्द्र तोकिएको सूचना अधिकारी कार्कीले बताएका छन् ।  

प्रकाशित: १५ पुस २०८२ १७:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App