१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

गोङ्गबुबाट म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई पक्राउ

प्रहरीले काठमाडौं गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका-१३ का २७ वर्षीय खगेन्द्र शर्मा तथा सप्तरी राजविराज-१३ घर भई हाल काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने २२ वर्षीय ओमशङ्कर गुप्ता रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

उनले भने, ‘काठमाडौं टोखा नगरपालिका–९ गोङ्गवु शिव मन्दिरस्थित काबेली गेष्टहाउसमा जाँच गर्ने क्रममा ४५ राउण्ड गोली, एसएलआर हतियारमा प्रयोग हुने म्याग्जिन एक थान र मेटलको नक एक थानसहित उनीहरूलाई पक्राउ गरिएको हो।’

पक्राउ परेकामाथि थप आवश्यक अनुसन्धान कार्य सुरु गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए।

प्रकाशित: ९ जेष्ठ २०८३ १६:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App