११ जेष्ठ २०८३ सोमबार
image/svg+xml
राजनीति

सरकारी बोर्डमा मोबिल छर्किने दुई जना पक्राउ

वीरगञ्जस्थित पूर्वाधार विकास कार्यालयको बोर्डमा मोबिल छर्किएर फरार भएका दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

विकास योजनाको विषयमा विवाद गरी कार्यालयको सम्पत्तिमा क्षति पुर्‍याएको आरोपमा उनीहरूलाई सोमबार नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–११ का ३३ वर्षीय जयपुजन ठाकुर लोहार र वडा नं. १३ राधेमाई बस्ने ३० वर्षीय मनमोहन पाण्डे रहेका छन्।

उनीहरूले सोमबार बिहान ९:२० बजे वीरगञ्ज–२३ स्थित कार्यालय प्राङ्गणमा पुगेर अभद्र व्यवहार गरेका थिए।

प्रहरीका अनुसार ती व्यक्तिहरूले पूर्वाधार विकासको योजनाका विषयमा सोही कार्यालयका कर्मचारी राम प्रवेश यादवसँग विवाद गरेका थिए। विवादकै क्रममा उनीहरूले कार्यालयको बोर्डमा मोबिल छर्किएर फरार भएका थिए।

घटनाबारे कार्यालय प्रमुखले दिउँसो २:३० बजे वडा प्रहरी कार्यालय श्रीपुरमा टेलिफोनमार्फत जानकारी गराएका थिए। सूचना प्राप्त भएलगत्तै खटिएको प्रहरी टोलीले फरार रहेका लोहार र पाण्डेलाई पक्राउ गर्न सफल भएको हो।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ वैशाख २०८३ १९:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App