१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

जसपा र लोसपाका शीर्ष नेताहरू कांग्रेस प्रवेश

प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढिरहेका बेला सर्लाहीमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय तहका नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

जसपा नेपालका वरिष्ठ उपाध्यक्ष केदार नन्दन चौधरी र लोसपाका महासचिव मनिष मिश्रसहित केदारसिंह ठटौलालगायत विभिन्न तहका नेता तथा कार्यकर्ताहरू शनिबार विधिवत् रूपमा कांग्रेसमा समाहित भएका हुन्।

उनीहरूलाई चुनावी अभियानका क्रममा सर्लाहीमा रहेका नेपाली कांग्रेसका सभापति एवं सर्लाही-४ का उम्मेदवार गगन कुमार थापाले औपचारिक रूपमा पार्टीमा स्वागत गरे।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले लोकतान्त्रिक मूल्य, समावेशी सोच र विकासको साझा लक्ष्यले विभिन्न राजनीतिक पृष्ठभूमिका नेताहरूलाई एउटै धारमा उभ्याएको बताए।

‘देशलाई अहिले स्थिरता, सुशासन र परिणाममुखी विकास चाहिएको छ,’ उनले भने, ‘त्यसका लागि विचार मिल्ने र देशको हित चाहने सबै शक्ति एउटै यात्रामा अघि बढ्नु आवश्यक छ।’

नवप्रवेशी नेताहरूले वर्तमान राजनीतिक परिस्थितिमा मतदाताको अपेक्षा पूरा गर्न र सुदृढ लोकतान्त्रिक अभ्यासका लागि कांग्रेस नै सक्षम शक्ति रहेकाले आफूहरू यो निर्णयमा पुगेको बताए। उनीहरूले जिल्लाको समग्र विकास र राजनीतिक स्थायित्वका लागि कांग्रेससँगको सहकार्य आवश्यक रहेको उल्लेख गरे।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले लोकतान्त्रिक मूल्य, समावेशी सोच र विकासको साझा लक्ष्यले विभिन्न राजनीतिक पृष्ठभूमिका नेताहरूलाई एउटै धारमा उभ्याएको बताए।

उनले भने, ‘देशलाई स्थिरता, सुशासन र परिणाममुखी विकास चाहिएको छ। त्यसका लागि विचार मिल्ने सबै शक्ति एउटै यात्रामा अघि बढ्नु आवश्यक छ।’

प्रकाशित: २ फाल्गुन २०८२ २०:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App