श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिमा लाग्दै आएको टोकन प्रणाली खारेज गरेको छ।
अब वैदेशिक रोजगारीमा जान चाहने श्रमिकले आवेदन दिएकै दिन श्रम स्वीकृति पाउने व्यवस्था लागू भएको छ।
आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपक कुमार साहको उपस्थितिमा बसेको बैठकले सेवा प्रवाहलाई छिटोछरितो बनाउन आजैदेखि लागू हुनेगरी टोकन प्रणाली अन्त्य गरेको हो।
मन्त्रिपरिषद्ले गत चैत १३ गते स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी सय दिने कार्यसूचीमा टेकेर मन्त्रालयले तत्काल कार्यान्वयनमा ल्याउने गरी १० बुँदे कार्ययोजना सार्वजनिक गरेको छ।
यस्तो छ कार्ययोजना

प्रकाशित: १५ चैत्र २०८२ २१:४७ आइतबार





