२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

निजी तथा सरकारी सम्पत्ति जलाउनेलाई कारबाही गर्ने समय आउँछ : ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मंगलबार भदौ २४ मा जलाइएका आफ्नो बासस्थान, सकारी भवनका अवलोकन गरेका छन्। झापा–५ आफ्नै निर्वाचन क्षेत्र अन्तर्गत पर्ने दमक नगरपालिका, ईलाका प्रहरी कार्यालय, आन्तरिक राजश्वको कार्यालय अवलोकन गरेका हुन्।

अध्यक्ष ओलीले ३० वर्षअघि आफैँले बनाएको घर अवलोकन गरेका थिए। उक्त घर बेचबिखन गरिसकेका थिए। तर ओलीले बनाएको घर भनि जेनजी समूहले भदौ २४ गते आगो लगाइदिएका थिए। ‘राधिकाको सञ्चय कोषबाट ७ लाख झिकेर ३० वर्षअघि बनाएको घर हो,’ आफ्नो पुरानो घरको कोठामा पुगेर ओलीले भने।

संयोगले सोही घरमा ३० वर्षअघि ओलीले प्रयोगमा लिएको पलङ जल्नबाट बचेको छ। त्यो समयमा पलङलाई २ हजार रुपैयाँ परेको उनले बताए। त्यस्तै दमक नगरपालिकाका प्रमुख राम थापाको जलेपछि भत्काएको घरको समेत अध्यक्ष ओलीले अवलोकन गरेका थिए। ‘आइदिनु भयो विशेष धन्यवाद। मेरो घर जलेपछि शरिरमा भएका कपडा बाहेक सबै जलेको हो,’ नगर प्रमुख थापाले ओलीसँग भने।

जेनजी आन्दोलनमा जलाइएको आफ्नो निर्वाचन क्षेत्रमा आउँदा बस्ने आवासको अध्यक्ष ओलीले अवलोकन गरेका थिए। ‘निजी तथा सरकारी सम्पत्तिलाई तोड्फोड, आगजनी गर्नेलाई कारबाही गर्ने समय आउँछ,’ उनले भने। अध्यक्ष ओलीले नगर कमिटी पार्टी कार्यालयको अवलोकन गरेका थिए।

प्रकाशित: ६ माघ २०८२ १३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App