२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
निर्वाचन विशेष

गोरखा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक मत परिणाममा अग्रता कायम गरेको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ७९१ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीबाट लेखनाथ न्यौपानेले २२१ मत प्राप्त गरेका छन् । 

त्यसैगरी नेपाली काग्रेसमा प्रकाश चन्द्र दवाडीले  १३७ मत ल्याएका छन् भने नेकपा एमालेका मिलन गुरुङ (चक्रे मिलन) ले ७९ मत प्राप्त गरेका छन्  

प्रारम्भिक मतपरिणाम अनुसार रास्वपाका कविन्द्र बुर्लाकोटीले अग्रता कायम गरेका छन्। 

प्रकाशित: २२ फाल्गुन २०८२ १६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App