२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

नवगठित मन्त्रिमण्डलका तीन मन्त्रीले लिए शपथ

सुशीला कार्की नेतृत्वको सरकारका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन् । उनीहरूले आजै पदभार ग्रहण गर्नेछन् । 

अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रीमा कुलमान घिसिङ तथा गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा ओमप्रकाश अर्यालले शपथ गराएका हुन् । 

खनाल पूर्व अर्थसचिव, घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक र अर्याल वरिष्ठ अधिवक्ता हुन् ।  बाँकी सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले तत्कालका लागि आफ्नै नेतृत्वमा राख्नु भएको छ ।

प्रकाशित: ३० भाद्र २०८२ १२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App