१० चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

सिंहदरबार जलाउने आतंकवादी हुन्: महेश बस्नेत

नेकपा एमालेका नेता महेश बस्नेतले सिंहदरबार जलाउने मान्छेहरू आतंककारी रहेको भन्दै टिप्पणी गरेका छन्। शनिवार युवा संघले पोखरामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै बस्नेतले यस्तो बताएका हुन्। 

‘हिजो अमेरिकामा ट्वीन टावर जलाउँदा ओसमा बिन लादेन आतंकवादी भए। अमेरिकाले खोजी खोजी आक्रमण ग¥यो,’ बस्नेतले भने,‘आज मेरो सिंहदरबार जलाउने व्यक्तिहरू आतंकवादी हुन्, आज मेरो सर्वोच्च जलाउने मान्छे आतंकवादी हुन्, आज मेरा संसद् भवन जलाउने मान्छेहरू आतंकवादी हुन्।’ 

प्रहरीको मनोबल फिर्ता गर्नुपर्ने, खोसिएका लत्ताकपडा र हातहतियार फिर्ता हुनुपर्ने उनले बताए।  ‘हतियार अपराधीहरूले लगेर लाखौँमा बेच्न थालेका छन्, टिकटक बनाउन थालेका छन्। हतियार लगेर आफ्नै आमाको हत्या गर्न थालेका छन्,’ उनले भने। 

हतियार लुटेरा कि लागु औषधका व्यापारी, कि हिजो हतियार चलाउन सिकाएको माओवादीले लगेको उनले दाबी गरे।  

प्रकाशित: १५ कार्तिक २०८२ १७:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App