रास्वपाका नेता सन्तोष परियारले पार्टी त्याग्नुको कारण खुलाएका छन् । उनले एक वक्तव्य जारी गरी पार्टीबाट बिदा लिएको उल्लेख गरेका छन् ।
महामन्त्रीलाई सम्बोधन गर्दै लेखिएको उनको राजीनामा पत्रमा जेनजी आन्दोलनपछि नेपाली राजनीतिक आन्दोलनको पुनर्संरचना, अवधारणको पुनःपरिभाषा र संगठनहरुको पुनर्गठन गर्नुपर्ने ऐतिहासिक जिम्मेवारी नयाँ पुस्तामा आएको उल्लेख छ । बद्लिदो परिस्थितिाई आत्मसाथ गर्दै नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्रहित र जनताको जीवनसँग जोड्न फरक राजनीतिक अभियानमा सक्रिय हुनु पर्ने भएकाले रास्वपाबाट साधारण सदस्यसमेत नरहने गरी अलग भएको पत्रमा उल्लेख छ ।
उनले महामन्त्रीलाई बुझाएको राजीनामा पत्रमार्फत बदलिँदो राजनीतिक परिस्थितिका कारण नयाँ प्रकारको राजनीतिक अभियानमा सक्रिय हुन चाहेका कारण पार्टी छाड्ने निर्णय सार्वजनिक गरेका हुन्।
परियारले रास्वपा भित्र रहँदा पार्टी र देशको हितमा इमानदार प्रयास गरेको उल्लेख गर्दै, आफ्ना विचारलाई संस्थागत गराउन नसक्नु आफूले स्वीकार गर्ने कमजोरी भएको बताएका छन्। उनले नेपाली समाजको विशिष्ट बनावटअनुसार स्पष्ट राजनीतिक विचार निर्माण गर्न नसकिएकोमा दुःख समेत प्रकट गरेका छन्।
गत भदौ २३ र २४ गतेको जेन-जी (Gen-G) विद्रोहलाई परियारले नेपाली राजनीतिको परम्परागत जडताललाई चुनौती दिने ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार यस आन्दोलनले यथास्थितिले देशलाई अगाडि लैजान नसक्ने स्पष्ट संकेत दिएको छ र अब राजनीतिक दल तथा नेतृत्वले फराकिलो हिसाबले नयाँ नेपालको कल्पना गर्नुपर्ने बाध्यता निर्माण भएको छ।
यो पनि पढ्नुहोस्
“नेपाली राजनीतिक आन्दोलनको पुनर्संरचना, अवधारणाको पुनःपरिभाषा र संगठनहरूको पुनर्गठन हाम्रो पुस्ताको ऐतिहासिक जिम्मेवारी बनेको छ,” परियारले पत्रमा उल्लेख गरेका छन्।
बदलिँदो राजनीतिक चेतना र परिस्थितिलाई आत्मसात् गर्दै आफू फरक ढंगको राजनीतिक अभियानमा होमिनुपर्ने भएकोले रास्वपाको सदस्यता त्यागिएको उनले बताएका छन्।
रास्वपामा विभिन्न भूमिकामा रहेर काम गर्ने अवसर प्राप्त हुँदा साथ र सहयोग गर्ने सबै नेतृत्व र सदस्यप्रति उनले आभार व्यक्त गरेका छन्। भविष्यमा देश तथा समाज रुपान्तरणको यात्रामा पुनः सहकार्य हुने विश्वास समेत उनले व्यक्त गरेका छन्।
परियारले आजदेखि (कार्तिक २८, २०८२) बाट रास्वपाको सबै जिम्मेवारी र साधारण सदस्यता औपचारिक रूपमा समाप्त भएको घोषणा गरेका छन्।
हेर्नुहोस् परियारले जारी गरेको वक्तव्यको पूर्णपाठ

प्रकाशित: २८ कार्तिक २०८२ १४:३२ शुक्रबार





