नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान बालेन्द्र शाह बालेन नेतृत्वको सरकारको टिप्पणी गर्ने बेला नभएको बताएका छन् । नागरिक दैनिकको कार्यक्रम नागरिक फ्रन्टलाइनमा कुरा गर्दै साउदले सरकार गठन भएको दुई महिना पनि नपुगेको अवस्थामा सरकारले गरेका कामको टिप्पणी गर्ने बेला अहिले नभएको बताए ।
तर सरकारले गरेका कामको विभिन्न कोणबाट आलोचना भएको बताउँदै उनले सुकुम्बासी व्यवस्थापनसहितका काममा सरकारले आलोकालोँ व्यवहार गरेको बताए ।
नेता साउदले सरकार सबै नागरिकको भएको बताउँदै जो नागरिकलाई पनि व्यवस्थापनमा उचित र दीर्घकालीन नीति लिएर व्यवस्थापन गर्नुपर्ने बताए ।
सरकारले अध्यादेशका आधारमा देश चलाउन खोज्नु, संसद्लाई निषेध गरेर अघि बढ्न खोज्नुसहितका कामबारे सरकारले सोच्नुपर्ने अवस्था छ।
प्रकाशित: ३० वैशाख २०८३ १९:१८ बुधबार





