नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारले राम्रो काम नगरेको बताएका छन्।
चितवनमा आइतबार पत्रकारसँग कुरा गर्दै दाहालले यस्तो बताएका हुन्। उनले भने, 'यो सरकारले राम्रो काम गरिरहेको छैन। त्यस विषयमा कुरा उठाउँदा सरकार चाहिएको जसरी बुझ्नु हुँदैन। हामीलाई सरकार चाहिएको छैन। त्यस विषयमा हामीले कुनै चासो राखेका छैनौँ।'
उनले आफूहरूको सरकारमा जाने विषय प्राथमिकतामा नरहेको बताए। उनले सरकारले गरेका कामको विरोध गर्दा माओवादीलाई सरकार चाहिएको जसरी अर्थ्याउन खोजिएको भन्दै अहिले नै सरकारमा जाने कुनै सोच नरहेको भनाइ राखे।
सरकार परिवर्तनका विषयमा सोधिएको प्रश्नमा अध्यक्ष दाहालले भने, 'यो सरकारले राम्रो काम गरिरहेको छैन। त्यस विषयमा कुरा उठाउँदा सरकार चाहिएको जसरी बुझ्नु हुँदैन। हामीलाई सरकार चाहिएको छैन। त्यस विषयमा हामीले कुनै चासो राखेका छैनौँ।'
प्रकाशित: २६ श्रावण २०८२ ०७:१३ सोमबार





