२९ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

विशेष महाधिवेशन पनि हुँदैन कांग्रेस पनि फुट्दैन : सिटौला

फाइल तस्बिर

नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टीका नेता तथा कार्यकर्तालाई आम निर्वाचनको तयारीमा जुट्न आह्वान गरेका छन्।

पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले विशेष महाधिवेशन बोलाउने बताइरहेका बेला नेता सिटौलाले त्यसको औचित्य सकिएको जनाउँदै चुनावको तयारीमा जुट्न आग्रह गरेका हुन्। पार्टी विशेष महाधिवेशनको हल्लाको पछि नलाग्न आग्रह गर्दै सिटौलाले सोमबार पत्रकारहरूसँग भने, ‘विशेष महाधिवेशन हुँदैन। तपाईंहरू काठमाडौं आउने काम छैन। निर्वाचन र उम्मेदवारी मनोनयनको तयारीमा जुट्नुहोस्।’

पार्टी कार्यसम्पादन समितिको निर्णयलाई सबैले मान्नु पर्ने तर्क गर्दै कांग्रेस विभाजित पनि नहुने दाबी गरे। ‘कांग्रेस चिरा हुँदैन हामी हुन दिँदैनौँ,’ सिटौलाले भने, ‘कांग्रेस पार्टी फुटोस्, कमजोर होस्,अनेक झगडा होस् भन्ने चाहना पनि कसैलाई होला तर हामी त्यो हुन दिँदैनौँ। कांग्रेस एकताबद्ध भएर अघि बढ्छ।’

प्रकाशित: २१ पुस २०८२ १३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App