२१ असार २०८३ आइतबार
image/svg+xml
राजनीति

‘हामी विरुद्ध गलत प्रचार भयो’

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओलीले आफू र पार्टी विरुद्ध गलत प्रचार भइरहेको बताएका छन् । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज एमाले बागमती प्रदेशको आयोजनामा ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टी सफलताका साथ अगाडि बढेको बेला गलत तवरले प्रचार आक्रमण भएको टिप्पणी गरे ।

उनले भने, “हामीले पार्टीमा समय–समयमा ठूला धक्काहरू बेहोरेका छौँ । असफलताहरू पनि भोग्नुपरेको छ । हामीलाई रोक्न अनेक व्यवधानहरू आएका हुन्छन्, तर तिनीहरूलाई छिचोल्दै अघि बढ्छौँ ।”

अध्यक्ष ओलीले पार्टीका कार्यकर्ताका लागि अहिले फेरि एउटा परीक्षाको घडी जस्तै अवस्था आएको उल्लेख गर्दै कार्यकर्ताको आँट र भरोसाले फेरि पार्टी उठ्ने बताए । समय गतिशील र परिवर्तनशील रहेकाले पार्टी फेरि पनि उठाउने बताए ।

“पार्टी सफल वा असफल हुँदा नेतृत्वको हिसाबले मैले जिम्मेवारी लिन्छु । तर पार्टीले अप्ठ्यारो परेर धक्का खायो भने अध्यक्ष एक्लैको जिम्मेवारी हुँदैन,” उनले भने, “पार्टी विरोधीसँग मिलेर नचाहिने खालका गतिविधि गर्न उपयुक्त हुँदैन ।”

कार्यक्रममा एमाले सचिव महेश बस्नेतले पार्टी जागरण अभियानबाट पार्टीलाई पुनः पहिलेकै अवस्थामा फर्काइने बताए । उनले पार्टी पुनर्गठन तत्कालका लागि नहुने स्पष्ट पार्टी जागरण अभियानबाट नै पार्टी बलियो हुने बताए ।  

 

प्रकाशित: २० असार २०८३ २१:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App