मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले आफू कुनै पनि दलमा नजाने स्पष्ट पारेका छन्।
बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै रावलले यस्तो बताएका हुन्।
आफूलाई धेरै दलहरूले बोलाएको भए पनि कुनै दलमा नजाने उनले बताए। 'कुनै राजनीतिक दलमा जाउँ जाउँ लागेको छैन,' उनले भने।
रावलले आफ्नो अभियान मात्र अभियान नभएको दाबी गरे। अभियानले नेपालको सर्वोपरी हितलाई केन्द्रमा राखेको र त्यहीअनुसार अगाडि बढ्ने उनले बताएका छन्। 'जस्तो; स्वतन्त्र परराष्ट्र नीति, प्राकृतिक स्रोत साधनहरूको उपयुक्त बाँडफाँट आदि,' उनले भने।
प्रकाशित: ७ श्रावण २०८२ १९:२६ बुधबार





