१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

नेपालमा लोडसेडिङ छैन : ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल नेपालमा लोडसेडिङ नरहेको दाबी गरेका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन्। उनले अब नेपालका लागि लोडसेडिङ विगत भइसकेको पनि बताए। साथै उनले यससम्बन्धी हल्ला निरर्थक भएको स्पष्ट पारे।

उनले अस्थायी अवरोध प्रणालीगत सुधार र उत्पादनलाई तीव्रताकासाथ अगाडि बढाइएकाले अब लोडसेडिङ नहुने विश्वास व्यक्त गरे।

ऊर्जामन्त्री खड्काले भने, 'नेपालले विद्युत् उत्पादन र बिक्री वितरणमा गरेको उपलब्धिका आधारमा स्पष्ट रूपमा भन्न सकिन्छ, लोडसेडिङ अब नेपालको विगतको विषय भइसक्यो। यसको पुनरावृद्धि कुनै सम्भावना देखिँदैन। अब, लोडसेडिङको कल्पना गर्नु पनि निरर्थक भइसकेको छ। मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले पटक–पटक सार्वजनिक रूपमा स्पष्ट गरिरहेको छ, की हाल देशमा लोडसेडिङ छैन।'

प्रकाशित: २९ श्रावण २०८२ ०७:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App