२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसमा तुवाँलो लागेकाे छ, पुछे मात्रै कांग्रेसजस्ताे बन्छः नेता रिजाल

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले कांग्रेसमा तुवाँलो लागेको बताएका छन्। काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बाेल्दै नेता रिजालले कांग्रेसमा लागेको तुवाँलो पुच्छ्नुपर्ने बताएका हुन्। 

‘कांग्रेसमा धुलो, तुवाँलो लागेको छ। पुछ्ने मात्रै काम भयो भने कांग्रेस कांग्रेस जस्तो देखिन्छ,’ नेता रिजालले भने। उनले राजनीतिक दलका नेतृत्वमा रहनेहरूले आफूलाई सारा पृथ्वी बोकेको सोच्ने गरेको पनि बताएका छन्। नेताहरूका त्यस्तो सोचले  राजनीतिक दलको नेतृत्वमा पुस्तान्तरण नभएको दाबी गरे । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि एक कार्यक्रममा आफूले छाड्दा गर्ल्यामगुर्लुम झर्छ भनेर दिएको अभिव्यक्तिमाथि उनले कटाक्ष गरे।

नेता रिजालले भने, ‘नाम लिन जरुरी रहेन। तर नेपालमा कुनै राजनीतिक दलका नेता भन्नहुन्छ मैले छोडिदिएँ भने सबै गर्ल्यामगुर्लम्म झर्छ जस्तो लाग्छ भन्नुहुन्छ। छोड्नै नमिल्ने भएको छ। त्यस्तो के जाने हो थाहा छैन। एकछिन पनि  छोड्नै नमिल्ने गरी।’

प्रकाशित: ७ भाद्र २०८२ १८:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App