१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

श्रम संस्कृति पार्टीसहित अब मुलुकमा एक सय २५ दल

हालसम्म मुलुकमा एक सय २५ पार्टीले दलका रूपमा मान्यता पाएको आयोगले जनाएको छ।

निर्वाचन आयोगले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई दलका रूपमा आधिकारिक मान्यता दिएसँगै अब मुलुकमा एक सय २५ पार्टीले दलका रूपमा मान्यता पाएको आयोगले जनाएको हो।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार साम्पाङको पार्टीले मान्यता पाउनुअघिसम्म मुलुकमा एक सय २४ वटा पार्टी थिए। ‘आजबाट एउटा पार्टी थपिएको छ,’ उनले भने।

उनका अनुसार जेनजी आन्दोलनपछि अरू १६ वटा पार्टी दलका रूपमा मान्यता पाउन पाइपलाइनमा छन्। ‘ती दलका विषयमा छानबिन भइरहेको छ। छानबिनपछि प्रक्रिया पूरा गरी दर्ताका लागि निवेदन दिएका समूहलाई राजनीतिक पार्टीको रूपमा प्रमाणपत्र दिने छौं,’ घिमिरले भने।

यो पनि पढ्नुहोस्

जेनजी आन्दोलनपछि १६ वटा पार्टी दलका रूपमा मान्यता पाउन पाइपलाइनमा

प्रकाशित: १७ कार्तिक २०८२ ०८:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App