४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

जेनजी आन्दोलनपछि १६ वटा पार्टी दलका रूपमा मान्यता पाउन पाइपलाइनमा

निर्वाचन आयोगले जेनजी आन्दोलनपछि १६ वटा पार्टी दलका रूपमा मान्यता पाउन पाइपलाइनमा रहेको बताएको छ। 

आयोगका अनुसार जेनजी आन्दोलनपछि आयोगमा १७ वटा राजनीतिक दल दर्ताका लागि निवेदन परेका छन्। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई दलका रूपमा आधिकारिक मान्यता दिएपछि अब अन्य १६ वटा पार्टी पाइपलाइनमा रहेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए।

‘ती दलका विषयमा छानबिन भइरहेको छ। छानबिनपछि प्रक्रिया पूरा गरी दर्ताका लागि निवेदन दिएका समूहलाई राजनीतिक पार्टीको रूपमा प्रमाणपत्र दिने छौं,’ घिमिरले भने।

आयोगका अनुसार दल दर्ताका लागि हालसम्म बुद्ध एयरका मालिकसमेत रहेका वीरेन्द्रबहादुर बस्नेतको गतिशील लोकतान्त्रिक पार्टी, सुरेन्द्र भण्डारीको नेपाल नागरिक पार्टी, ज्ञानेन्द्रकुमार तामाङको उज्यालो नेपाललगायतका पार्टीबाट दल दर्ताका लागि आयोगमा निवेदन परेको छ।

आयोगका अनुसार दल दर्ता प्रक्रिया आयोगको नियमित प्रक्रिया हो, तर यही फागुन २१ मा घोषणा गरिएको निर्वाचन प्रक्रियामा सहभागी हुन आयोगले आगामी मंसिर १ देखि १० सम्म निवेदन दिन सबै दलहरूलाई सूचना जारी गरेको छ।

‘पार्टीको रूपमा दल दर्ता भएका सबै दलहरूले मंसिर १ देखि १० सम्म आयोगमा दर्ता गरिसक्नु पर्छ,’ उनले भने, ‘मंसिर १ देखि १० सम्म हुने दल दर्ता फागुन २१ मा हुने निर्वाचन प्रयोजनका लागि हुने छ।'

यो पनि पढ्नुहोस्

फागुन २१ को निर्वाचनका लागि थपिए एक लाख मतदाता

प्रकाशित: १७ कार्तिक २०८२ ०८:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App