८ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

नेपाली कम्युनिष्ट पार्टीको एकता भ्यागुताको धार्नीजस्तै हो : रिजाल

नेकपा एमालेका नेता विष्णु रिजालले माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतको नेपाली कम्युनिष्ट पार्टी एकतालाई भ्यागुताको धार्नीसँग तुलना गरेका छन्।

 नेकपा (एमाले) र अध्यक्ष केपी शर्मा ओलीलाई गाली गर्न इच्छुकहरूले एउटै मञ्च त पाए तर भ्यागुताको धार्नी पुगेर कुनै परिणाम ननिस्किने दाबी गरे।

'नेकपा (एमाले) र अध्यक्ष केपी शर्मा ओलीको रिसले गरिएको एकताले गाली गर्न इच्छुकहरूलाई एउटै मञ्च उपलब्ध त गराउला तर भ्यागुताको धार्नी पुगेर कुनै परिणाम निस्किन्न,' रिजालले सामाजिक सञ्जाललमा लेखेका छन्, 'माइनस र माइनस जोड्न त मिल्छ तर योगफल माइनस नै हुन्छ।'

प्रकाशित: २७ कार्तिक २०८२ ०८:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App