अरनिको राजमार्ग अन्तर्गत धुलिखेलदेखि खावा खण्डमा राति सवारीसाधन चलाउन रोक लगाइएको छ।
यो खण्डमा कालोपत्रे गर्ने काम भइरहेकाले यही चैत २० गतेसम्म साँझ ६ देखि बिहान ५ बजेसम्म ठूला चारपाङ्ग्रे सवारीसाधन चलाउन रोक लगाइएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।
कार्यालयका अनुसार यो अवधिका पास लिएपनि ट्रक टिपर संचालनमा चौबिसै घण्टा रोक लगाउने निर्णय भएको छ। बाटो बन्द हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न कार्यालयले अनुरोध गरेको छ।
प्रकाशित: ८ चैत्र २०८२ १२:४२ आइतबार

